दफा ३५
असल नियतले काम गरेकोमा बचाउ
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा विश्वविद्यालय वा विश्वविद्यालयको कुनै पदाधिकारी उपर मुद्दा चलाउने वा अन्य कुनै कारवाही गरिने छैन ।
पोखरा विश्वविद्यालय ऐन, २०५३